७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025

स्वर्गद्वारी आश्रमका किसान आन्दोलित



घोराही ।

दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसान आन्दोलित भएका छन् । भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवगस्थापनका लागि तयार पारेको मस्यौदा विधेयक (गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयक)मा आफूहरूलाई नसमेटिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

प्रस्तावित विधेयकमा नेपालभरिका गुठीलाई समेटिएता पनि स्वर्गद्वारी आश्रमलाई छुटाइएको उनीहरूको भनाइ छ । सर्वोच्च अदालतले २०६२ चैत १४ गते गरेको फैसलाअनुसार स्वर्गद्वारी आश्रमलाई ‘विशेष प्रकृतिको निजी गुठी’ भनी व्याख्या गरेको छ । प्रस्तावित विधेयकमा व्याख्या गरिएका पाँच प्रकारका गुठीमध्ये विशेष प्रकृतिको गुठीका बारेमा उल्लेख नगरिएको आन्दोलनकारीको् भनाइ छ ।

हाल विधेयकमा नसेमेटिएपछि जग्गा प्राप्तिलगायत राज्यका तर्फबाट गुठीमा बसोबास गर्दै आएका मोहीयानी किसानलाई उपलब्ध गराइने सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने देखिएकाले आन्दोलन गर्नुपरेको स्वर्गद्वारी गुठीपीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो ।

विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका मोही किसानले मन्त्रालयले तयार पारेको हालको मस्यौदा विधेयकमा ‘विशेष प्रकृतिको निजी गुठी’ भनेर स्वर्गद्धारी आश्रम गुठीलाई समेट्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७५ मंगलबार ००:००  १२ : ५४ बजे