२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सवारी दुर्घटनामा परी अमेरिकामा दुई नेपालीभाषीको मृत्यु



काठमाडौं ।
अमेरिकाको कोलोराडो राज्यको अरोरा सहरमा सवारी दुर्घटनामा भुटानी मुलका दुई नेपालीभाषीको मृत्यु भएको छ। दुर्घटना स्थानीय समयअनुसार शनिवार बिहान ६स्४० मा साउथ च्याम्बर रोड र इस्ट ह्याम्डन एभेन्यूमा भएको थियो। मृत्यु हुनेमा सवारी चालक २६ वर्षीय यादव मगर र १७ वर्षीय आशिष तामाङ रहेका छन्। यस्तै, गम्भीर घाइते विमल सुब्बाको युनिभर्सिटी अस्पतालको आसियुमा उपचार भइरहेको छ। यसअघि क्यालिफोर्नियामा बस्ने २५ वर्षीय नेपाली विद्यार्थी कुशल शर्माको मृत्यु भएको थियो। प्रहरीका अनुसार तीव्र गतिमा रहेकाले कार सडक किनाराको रुखमा ठोक्किएको हो। कारको ठक्करबाट रुखको आधा भाग क्षतिग्रस्त भएको छ। यादवकी बहिनी रेश्मा मगरले दाजु यादव जन्म दिनको शुभकामना पार्टीमा शुक्रबार साथीकोमा गएको र बिहान घर फर्कने क्रममा दुर्घटना भएको जानकारी दिइन्। मगर र तामाङको पार्थिव शरीर अराफो काउन्टिको मुर्दाघरमा राखिएको छ।

प्रकाशित मिति : २८ माघ २०७५ सोमबार ००:००  ७ : १२ बजे