१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

काठमाडौंमा लाग्यो बाक्लो कुहिरो, विमानस्थल ठप्प



काठमाडौं ।
काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेका कारण मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ। एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडान र अवतरण विहानैदेखि प्रभावित भएपछि यात्रुहरु विमानस्थलमा अलपत्र परेका छन्।
भिजीबिलिटी कम भएको कारण विहानका सबै उडान र अवतरण समेत प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। आन्तरिक उडानका लागि कम्तीमा १६ सय र अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा ३ हजार मिटर भिजिबिलिटी आवश्यक पर्दछ।
काठमाडौं उपत्यकाको भिजिबिलीटी बिहान ५० मिटर मात्रै रहेकोमा अहिले बढेर एक किलोटिरसम्म पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। उडानका लागि आवश्यक भिजिबिलिटी पुग्न अझै केही समय लाग्ने महाशाखाको अनुमान छ।

प्रकाशित मिति : २९ माघ २०७५ मंगलबार ००:००  ३ : २६ बजे