१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

पोखरामा १४ वर्षीय बालकको हत्या



कास्की ।
पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको सोमबार राति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।बालकको शव हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न भएको आशङ्कामा दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताउनुभयो । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५ मंगलबार ००:००  ७ : १२ बजे