२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

बलात्कारको आरोपमा प्रहरी हवल्दार पक्राउ



दाङ ।
दाङमा बलात्कारको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय फुलवारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई बलात्कारको आरोपमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले बिहिबार राति एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले भने, ‘पीडित महिलाको उजुरीको आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ।’
प्रहरी हवल्दार चन्दले प्रहरी हुँ भन्दै ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको उजुरी परेको छ । चन्दको स्थायी घर कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  ८ : ५१ बजे