२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

परराष्ट्रमन्त्री भन्छन्, भ्रष्टाचारको फोहोरलाई “बेल्चा” लगाएर फालिन्छ !



गुल्मी ।

परराष्ट्रमन्त्री  प्रदीपकुमार ज्ञवालीले  युवाहरुलाई स्वदेशमै रोजगारको ब्यवस्था गर्ने दाबी गर्नुभएको छ । गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं ५ मा रहेको जनज्योती प्राथमिक विद्यालयको स्वर्ण महोत्सबको उद्घाटन गर्दैै मन्त्री ज्ञवालीले  देशमा युवाहरु बेरोजगार रहेको समयमा वर्तमान सरकारले देशमै रोजगारीको ब्यबस्था गर्ने गरी युवाहरुलाई  स्वदेशमा नै टिकाउने दाबी गर्नुभयो ।

हालै नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेकाले अब स्वदेशमा नै  रोजगारको ब्यबस्था हुने भन्दै युवाहरु रोजगारीकै लागि पासपोर्ट बोकेर विदेश जाने परम्पराको अन्त्य गर्ने गरी सरकार लागेको दाबी गर्नुभयो । भ्रष्टाचारले देशलाई बर्वाद बनाएको भन्दै भष्ट्राचारलाई जरैदेखि उखलेर फाल्नका लागि सरकार लागि परेको उल्लेख गर्नुभयो ।

नेपाल सरकारको प्राथमिकतामा अहिले द्रुत गतिमा बिकासको अनुभूति दिने भएकाले यस  समयमा कहीँ कतै कसैले भष्ट्राचार गरे ती सबै फोहोरलाई बेल्चा लगाएर फालिने दाबी पनि मन्त्री ज्ञवालीले गरे।  गुल्मी जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएकाले गुल्मीलाई कफी, कृषि , पशुपालन र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना भएको जिल्लालाई नमूना जिल्ला बनाउनका लागि प्रयास रहेको दाबी गर्दै कालीगण्डकी करिडोरले गुल्मी जिल्लाको पश्चिमी क्षेत्रलाई ठूलो टेवा पुगेको भन्दै करिडोरले चिनसँगको ब्यापारमा नयाँ आयाम थप्ने भन्दै धार्मिक र पर्यटकीय तबरले पनि यसको महत्व रहेको दाबी गर्नुभयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  २ : २४ बजे