८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

माग पूरा गर्न सरकारी चिकित्सकहरूको ७२ घण्टे अल्टिमेटम



काठमाडौं ।
सरकारी चिकित्सहरूले आफूहरुको माग सुनुवाइ गर्न सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएका छन्। आइतबारदेखि शुरु हुने अल्टिमेटमको ७२ घण्टामा पनि सुनुवाई नभए बुधबारदेखि अस्पतालहरुमा अनिश्चितकालीन आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने सरकारी चिकित्सक संघ नेपाल गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेले बताए। संघको शनिबार बसेको बैठकले आन्दोलन थप कडा बनाउने भनी गरेको निर्णयअनुसार हरेक दिन बिहान १० देखि ११ बजेसम्म आफूहरू कार्यरत अस्पतालहरुमा विरोध तथा धर्ना कार्यक्रम गरिने अध्यक्ष पाण्डले जानकारी दिए। सरकारले यही फागुन १५ गते बुधबार मनाउन लागेको स्वास्थ्य सेवा दिवस कार्यक्रम पनि बहिष्कार गर्ने र आफूहरुको समास्या समाधान नगरे यसअघि नै संकलन गरिएको सरकारी चिचित्सकको सामूहिक राजीनामा सरकारलाई बुझाइने पाण्डेले बताए। कर्मचारी समायोजनका विषयमा आफूहरुको असन्तुष्टि सम्बोधन गर्नुपर्ने सरकारी चिकित्सकको माग छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५ आइतबार ००:००  ६ : ४६ बजे