४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

महाशिवरात्रीको अवसरमा लक्ष्मणघाटमा भक्तजनको घुइँचो



थानेश्वर अधिकारी, लक्ष्मणघाट ।
महाशिवरात्री पर्वको अवसरमा कपिलवस्तुका विभिन्न शिव मन्दिरहरुमा विहानै देखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । जिल्लाको बाणगंगा नगरपालिकाका हथौसा,लक्ष्मणघाट ,अमौलीकोट , कपिलधाम , पिपरा स्थित शिव मन्दिर, रामदतिवन, उमरीगुफा, शिवगढी लगाएतका स्थानमा भक्तजनहरुको भिड लागेको हो । जिल्लाको लक्ष्मणघाटमा विहानैदेखि श्रद्धालु भक्तजनहरु जम्मा भइ बाणगंगा नदिमा स्नान गरी मन्दिरमा पुजाआजा गरेका थिए । शिव रात्रीकै अवसरमा लक्ष्मणघाटमा गणेशको वाहनको रुपमा हात्तिको मुर्तिदान गरिएको छ । स्थानिय ८३ वर्षिया अमरसिंह गन्धर्वले पुजापाठ गर्दै मुर्ति दान गरेका हुन् । उक्त मुर्तिमा समेत पुजा गरी जल चडाउनेको भक्तजनहरुको भिड रहेको थियो ।
अमौलीकोटमा रहेको महाकालेश्वर मन्दिरमा पनि यसपाली पुजा आजाको विशेष व्यवस्था मिलाएपछि भक्तजनहरुको संख्या बढेको थियो । बाणगंगा नगरपालिका वार्ड नं ६ मा सयौ वर्ष पुरानो शिव लिङ्ग रहेको स्थानमा मन्दिर निर्माण गरि व्यवस्थापन गर्न थालेपछी भक्तजनहरु संख्या बढेको मन्दिरका संरक्षक भिमलाल पौडेलले बताए । त्यहाँ परापुर्व कालमा बस्ती रहेको नाग देवता को क्षेत्र रहेको स्थानिय ८५ वर्षिय वृद्धा रामप्यारे थारुले बताए । त्यस क्षेत्रमा बुद्धसँग सम्बन्धित ईटा, कुवा लगायत पुरातात्विक चिजहरु रहेका छन ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  १० : २६ बजे