१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

केन्यामा हेलिकप्टर दुर्घटना, चार जना पर्यटकको मृत्यु



केन्या ।
केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ। हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो। दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन। टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो। (राससरएएफपी

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ११ : ०९ बजे