१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

मुस्लिम आयोगको अध्यक्ष सिफारिस अन्सारीविरुद्ध थप छानबिन गरिने



काठमाडौं ।
संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगको अध्यक्षममा संवैधानिक परिषदबाट सिफारिस भएका समिम मियाँ अन्सरीको नागरिकताबारे थप छानबिन गर्ने भएको छ। समितिको मंगलबारको बैठकले अन्सरीका विषयमा सुनुवाई गर्दै नागरिकताबारे चित्त नबुझेकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग थप बुझ्न समितिका सभापति लक्षमणलाल कर्णले जानकारी दिए। कर्णका अनुसार अन्सरीको नागरिकता वंशजको आधारमा भएको तर उनको दाइ र बुवाको नागरिकता कस्तो छ भन्ने बझ्न लागिएको हो।
वंशजमा आधारमा हो कि होइन भनेर दाइ र बुबाको नागरकिता बुझन् लागिएको हो। अन्सरीले भने नागरिकतामा कुनै गडबढी नगरेको र जन्म मितिका बारेमा प्रतिलिपिको ढड्डा र प्रतिलिपिमा फरक पर्नुको पछाडि सरकारी अधिकारीहरूकै मानवीय त्रुटि रहेको बताए। सांसद योगेश भट्टराई, सुरेन्द्र पाण्डे, शिव कुमार मण्डल र पूर्णकुमारी सुवेदीले अध्यक्षमा सिफारिस अन्सारीको नागरिकता, जन्ममिति, शैक्षिक प्रमाण(पत्र लगायतका विषयमा प्रश्न गरेका थिए। छानबिनको समय कति लाग्ने भन्ने एकिन नभएको सभापति कर्णले बताए।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  १० : १६ बजे