१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सवारी साधनमा माइलेज बढाउन के गर्नु पर्ला ?



मायादेवी अनलाइन ।
बजारमा पेट्रोलियम पदार्थको मूल्य चर्को छ । हामीले इन्धनका लागि दैनिक धेरै पैसा खर्च गरिहेका छौँ । यद्यपि, केही होसियारी अपनाउन सकेमा इन्धनमा लाग्ने खर्च हामीले केही कम गर्न सक्छौँ । यसका लागि हामीले हाँक्ने कार, मोटरसाइकल वा स्कुटरजस्ता सवारीसाधनको माइलेज बढाउने तरिका जान्न आवश्यक छ ।

बिहान सवारीसाधन स्टार्ट गरेपछि एक्सिलेटर दबाइरहनुहुँदैन । स्टार्ट गरेपछि एक्सिलेटर नदबाई छाडिदिनुपर्छ । त्यसपछि इन्जिनको टेम्प्रेचर गेज हेर्नुपर्छ ।

टेम्प्रेचर गेजको सुइ थोरै माथि उठेको छ भने इन्जिन २०–३० डिग्री सेल्सियस तात्यो भन्ने बुझ्नुपर्छ । अनि, सवारीसाधन चलाउन सकिन्छ । यसरी सवारीसाधन गुडाएमा ५ किलोमिटरसम्म दौडिँदा दुईगुणा इन्धन बचत हुन्छ । इन्जिनको नियमित परीक्षण गरी ठीक अवस्थामा राखे ६ प्रतिशतसम्म राम्रो माइलेज पाउन सकिन्छ।

इन्जिनबाट कालो धुवाँ निस्कन्छ भने तेल बढी खपत भइरहेको छ भन्ने बुझ्नुपर्छ । र, तत्कालै परीक्षण गर्नुपर्छ ।सही गियरमा सवारीसाधन चलाउँदा २० प्रतिशतसम्म राम्रो माइलेज पाउन सकिन्छ ।कच्ची र अप्ठ्यारो बाटोमा दौडिँदा तल्लो गियर र सहरी क्षेत्रमा दौडिँदा माथिल्लो गियर प्रयोग गर्नुपर्छ ।

सवारीसाधनलाई नियमित रूपमा ४० देखि ५५ किलोमिटर प्रतिघन्टाको औसतमा दौडाइरहने हो भने ४० प्रतिशतसम्म राम्रो माइलेज पाइन्छ । ६० किलोमिटर प्रतिघन्टाभन्दा बढी गतिमा दौडाउन थालियो भने इन्धन अनावश्यक बर्बाद हुन थाल्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ३ : ५५ बजे