१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

विप्लव नेतृत्वको नेकपाका चार नेता बाँकेबाट पक्राउ



बाँके ।
प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका चार जना नेतालाई बाँकेबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला कमिटी सदस्य तथा न्यायिक विभाग प्रमुख चित्रबहादुर विक, जनसरकार प्रमुख कृष्णबहादुर शाही, सैन्य फाँटका भेरी ब्यूरो प्रमुख दानबहादुर फडेरा र पूर्व जनसरकार प्रमुख सन्तोष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

विक र शाही सोमबार पक्राउ परेका हुन् । फडेरा र बस्नेत भने मङ्गलबार पक्राउ परेका हुन् । शाहीविरुद्ध संगठित अपराधमा मुद्धा चलाइएको छ । यसैगरी विकमाथि राजद्रोहको मुद्धा चलाइएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार जिल्लाका विभिन्न स्थानबाट चार जना पक्राउ परेका हुन् ।
शाही एनसेलको टावरमा आगजनी गरेको अभियोगमा फरार रहेको प्रहरीले जनाएको छ । मङ्गलबार पक्राउ परेका व्यक्तिहरुमाथि म्याद थप भई अनुसन्धान चलिरहेको एसपी पौडेलले बताउनुभयो ।
विप्लव समूहका पक्राउ परेका नेताहरु विभिन्न स्थानमा बम राख्ने कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ । सरकारले प्रतिबन्ध लगाएपछि बाँकेमा विप्लव समूहका गतिविधि नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ८ : ४१ बजे