१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुटवलमा गोली प्रहार, एकजनाको मृत्यु



बुटवल ।

बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा आज साँझ गोली चल्दा एकजनाको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक फिरोज खानको उपचारका क्रममा मृत्यु भएको हो ।

खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे । उनको छातिमा गोली लागेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ४ : १२ बजे