२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

गुल्मी जीप दुर्घटना अपडेटः मृतकको संख्या तीन पुग्यो



गुल्मी ।
गुल्मीमा भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या तीन जना पुगेको छ। दुर्घटनामा गम्भीर घाइते मालिका गाउँपालिका–२ की ३६ वर्षीया कौशिला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
यसअघि धुर्कोट गाउँपालिका–५ का ७२ वर्षीय रुद्रमणि भण्डारी र मालिका गाउँपालिका–१ नेटाका ८ वर्षीय वस्कर बिकको मृत्यु भएको थियो। घाइतेहरुमा मालिका गाउँपालिका–२ का ३२ वर्षीय सूर्यबहादुर थापा, तीन वर्षीया कृतिमा थापा, पाँच वर्षीय ज्ञानिष थापा, ३६ वर्षीय जिप चालक कमल पुरी, १८ वर्षीय नरेन्द्र शिरिष, मुसीकोट नगरपालिका–१ का ४० वर्षीय भोजबहादुर भट्टराई र सोही ठाउँकै रीमा भट्टराई रहेका छन् । घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५ बिहिबार ००:००  ७ : ५७ बजे