४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नयाँ बर्ष प्रारम्भः बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको घुँइचो



कपिलवस्तु ।  

नयाँ बर्ष २०७६ को अवसरमा बुद्धजन्म स्थल लुम्बिनीमा पर्यटकको घुइँचो लागको छ । गर्मीको कुनै प्रवाह नगरी आज लुम्बिनी घुम्न जाने पर्यटनको घुँइचो लागेको हो । दुई दिन देखि तराईमा गर्मी चढ्दो छ । रुपन्देहीको भैरहवा–लुम्बिनीको तापक्रम ३७–३८ डिग्री सेल्सियस पुगेको छ । तर पनि, घुम्न जाने एउटा गतिलो थलो बनेको छ लुम्बिनी ।

बुद्धको जन्मथलो लुम्बिनी, शान्त वातावरणमा रमाउनेका लागि उपयुक्त स्थान हो । चाहे त्यो मेडिटेसन गरेर होस् या खुला फराकिला चौरमा रुखको फेदमा सुस्ताउँदै, लुम्बिनीमा शान्तिको अनुभव गर्न सकिन्छ ।

अर्को कुरा, स्कुल पढ्दै गरेका विद्यार्थीका लागि राम्रो शिक्षा लिने ठाउँ पनि हो लुम्बिनी । बौद्धमार्गीको तीर्थस्थल लुम्बिनी हरेकजसो विदा र पर्वहरुमा पर्यटकले भरिन्छ ।

अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तुसम्मका अधिकांश क्षेत्रका बासिन्दाका लागि एकैदिनमा घुमेर फर्किन सकिने थलो भएकाले पनि रुपन्देहीको दक्षिण पश्चिममा रहेको लुम्बिनी सजिलो गन्तव्य बनेको छ ।

नयाँ बर्षको अवसरमा कपिलवस्तुका पर्यटकीय स्थलहरुमा पनि पर्यटकको घुइँचो लागेको छ । जिल्लामा जगदीशपुर, तिलौराकोट, कपिलधाम, नन्दनगरमा आइतबार पर्यटकको घुँइचो लाग्यो । नयाँ बर्ष मनाउनका लागि यी स्थानमा पर्यटक पुगेका हुन् ।

प्रकाशित मिति : १ बैशाख २०७६ आइतबार ००:००  २ : ०३ बजे