४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पाल्ही भगवती नवलपरासी



मायादेवी अनलाइन ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अवस्थित पाल्ही भगवती मन्दिर तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको थियो ।
यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुल देवी पाल्ही भगवतीको स्थापना भएको थियो ।
नवलपरासी जिल्लाको सदरमुकाम परासी वजार देखि आठ किलोमिटर परासी महेशपुर मार्गको दाहिने भागमा पाल्ही भगवती मन्दिर अवस्थित रहेको छ । पाल्ही भगवती मन्दिर दर्शनको लागि जिल्लाका अतिरिक्त अन्य जिल्ला तथा भारतबाट पनि श्रद्धालु हरु आउने गर्दछन् ।
लामो समयदेखि उचित प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको यस पाल्ही भगमती मन्दिरलाई प्रचारप्रसारमा ध्यान दिइएमा यस क्षेत्रको धार्मिक पर्यटनको विकास गर्न सकिने छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६ मंगलबार ००:००  ४ : ४३ बजे