६ असार २०८३, शनिबार | Sat Jun 20 2026

विप्लव समूहनिकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ



पाल्पा ।
विप्ललव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान संघ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। उनलाई तानसेन नगरपालिका–८ मदनपोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए।
अन्दाजी ६० बस्याल सोही ठाउँका स्थानीय हुन्। अहिले उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको छ। उनलाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। कुन मुद्दा दर्ता गर्ने भन्नेबारे थप अनुसन्धान भइरहेको पनि उपरीक्षक पोखरेलले बताए। पक्राउ परेका बश्याल विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यसमेत हुन भने किसान संघका केन्द्रीय सदस्य पनि हुन्। जिल्लाको रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बम विष्फोट भएकोलगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६ बिहिबार ००:००  ७ : ४९ बजे