५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

शंकास्पद वस्तुभित्र प्लाष्टिकको बोत्तल र तार



बुटवल ।
बुटवलमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। ट्राफिक चोक नजिकै रहेको शिवम् मेशिनरी स्टोर्स अगाडि अशोकाको रुखमुनि परालमाथि शंकास्पद वस्तु फेला परेको थियो।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई डिस्पोज गर्दा ठूलो आवाज आएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले सो वस्तु बम नभई प्लाष्टिकको बोत्तल र तारहरू भएको बताए।

प्रकाशित मिति : ५ बैशाख २०७६ बिहिबार ००:००  ११ : १९ बजे