२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

परीक्षामा फेल भएपछि भारतमा १९ विद्यार्थीद्वारा आत्महत्या



दिल्ली ।
परीक्षामा फेल भएपछि भारतमा १९ विद्यार्थीले आत्महत्या गरेका छन्। तेलंगना राज्यमा गएको दुई हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका हुन्।
सबै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु आत्महत्यामा सामेल छन्।
त्यहाँ यतिबेला त्यस परीक्षालाई विरोधाभास मानिएको छ। विद्यार्थीहरुले राम्रो परीक्षा दिएपनि शून्य अंक आएको, परीक्षा दिएको विषयमा अनुपस्थित देखाएको, राम्रा विद्यार्थी समेत फेल भएको आरोपहरु लागेका छन्।

कक्षा १२ को परीक्षाको नतिजाको आधारमा विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउँछन्।

तर परीक्षामा फेल भएसँगै विश्वविद्यालयमा भर्ना हुन नपाउने भएपछि उनीहरुले आत्महत्या गरेको जनाइएको छ।

यससँगै दशजोड दुईमा फेल भएका विद्यार्थीका परिवार साथै विद्यार्थीले विरोध जनाएका छन्। उनीहरुले परीक्षाको उत्तरपुस्तिका जिम्मेवार विहिन भएर काटेको आरोप लगाएका छन्। एजेन्सी

प्रकाशित मिति : १८ बैशाख २०७६ बुधबार ००:००  २ : ४९ बजे