२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सरकारले दियो खुसीको कुरा, आउँदो वर्ष पाँच लाख रोजगारी थपिने



काठमाडौं ।
आउँदो आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना हुने भएको छ । निर्माण र उत्पादनमूलक क्षेत्रमा आउँदो आवमा पाँच लाख रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने सकारको तयारी भएको बताइन्।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तरगत सरकारले गत फागुनदेखि सबै स्थानीय तहबाट बेरोजगार युवाको फारम संकलन गर्ने काम सुरु गरेको छ।
सरकारले सात सय ५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत सरकारले कम्तीमा एक सय दिन रोजगारी दिने घोषणा गरेको छ। पाँच सय १७ रुपैयाँ दैनिक पारिश्रमिक दिने गरी सरकारले रोजगारीका अवसर सिर्जना गर्न लागेको हो।

प्रकाशित मिति : २० बैशाख २०७६ शुक्रबार ००:००  ५ : ४४ बजे