५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

झिँगा भन्किएमा भगाउन के गर्ने



काठमाडौं ।
स्याउको बोक्रालाई झिँगा भगाउन प्रयोग गर्न सकिन्छ । स्याउको बास्ना झिँगालाई मन पर्ने भएकाले यो उपयोगी हुन्छ । त्यसका लागि स्याउको बोक्रालाई तातो पानीमा उमालेर बोतलमा राखिदिनुपर्छ । यसो गर्दा झिँगा बोतलमा पस्छ र बाहिर निस्कन सक्दैन ।
स्याउको बोक्राको रससँगै साबुनको फिँज राख्दा झिँगा आउँदैन । यसको लागि झोलको सतहमा साबुनको केही भाग प्रयोग गर्न सकिन्छ । यसो गर्दा झिँगाले पानी खान्छ र त्यसैमा मर्ने गर्छ ।
वाइनको प्रयोग गरेर पनि झिँगालाई भगाउन सकिन्छ । स्याउको बोक्राको बास्नाजस्तै झिँगा वाइनको बास्नामा पनि झुम्मिने गर्छ । बोतलमा अलिकति वाइन छाडेर बिर्कोे नलगाई राखेमा झिँगालाई पासोमा पार्न सकिन्छ । बोतल नभएको अवस्थामा प्लास्टिकको झोला वा पेपर कपको पनि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६ शनिबार ००:००  १२ : १९ बजे