५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गर्मीमा छालाको हेरचाह यसरी गर्नुहोस



काठमाण्डौ ।
गर्मी मौसममा छालामा विभिन्न देखिने गर्छन् । अनुहारमा डन्डिफोर, रातो दाग आदि देखिन्छन् । घरेलु उपायबाटै यसबाट बच्न सकिन्छ । त्यसका लागि चामलको पिठोलाई रातभर भिजाउनुस् । बिहान यसलाई निकालेर सुन्तलाको बोक्राको धुलो मिसाई पेस्ट बनाउनुस् । यस्तो पेस्टलाई सुत्नुअघि अनुहारमा लगाउनुस् । १० मिनेटपछि अनुहार सफा गर्न सक्नुहुन्छ । यसो गर्दा अनुहारमा चमक आउने गर्छ । यस्तो विधिले अनुहारसम्बन्धी कैयौँ समस्याबाट पनि मुक्त गर्छ ।
( यसबाहेक अर्को विधि पनि अपनाउन सक्नुहुन्छ । त्यसका लागि गुलाबको पात पिसेर त्यसमा कागती या टमाटरको रस मिसाउनुस् । यस्तो पेस्टलाई १० देखि १५ मिनेटसम्म अनुहारमा लगाउनुपर्छ । त्यसपछि निमको पात राखेको पानीले हटाउनुस् । यसले अनुहारको चमकमा अचम्मको सकारात्मक परिवर्तन ल्याउँछ । यस्तो पेस्ट बनाउँदा गुलाबको पातको सट्टा पुदिनाको पात पनि प्रयोग गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६ शनिबार ००:००  १२ : २४ बजे