२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बाँकेको बागेश्वरी मन्दिर



मायादेवी अनलाइन । 

नेपालगंज नगरको विचमा रहेको बागेश्वरी मन्दिर ऐतिहासिक मन्दिर हो । यो ५१ शक्तिपीठ मध्यको एक पीठहो भन्ने पनि मानिन्छ । सतीमाताको मुख पतन भएको स्थानकोरुपमा यो मन्दिर लाई मानिदै आएको छ । सोहीकारण पनि यो मन्दिरको नाम बागेश्वरी नामाकरण भएको छ ।

यस स्थानमा दर्शनको लागि नेपाल तथा भारत वाट दैनिकरुपमा भक्तगणको घुईचो पनि लाग्छ । दुर्गानवमी, रामनवमी, फागुन पूर्णिमा, शिवरात्रि, तीज को बेला यहाँ मेला पनि लाग्ने गर्दछ ।

मन्दिरको अगाडी कुण्ड पनि रहेको छ , यसको विचमा जुगाँ धारी महादेवको मूर्ति रहेको छ । तलाउको पानीले नुहाउनाले तथा धुनाले घाउ खटीरा, छालाका रोग निको हुने जनविश्वास छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६ आइतबार ००:००  ४ : ३२ बजे