२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

धार्मिक पर्यटकीयस्थल ऐरावती



सलिम अन्सारी ।
प्युठान र अर्घाखाँचीको सिमानामा पर्ने ऐरावती धार्मीक पर्यटकीयस्थल हो । अमरेश्वर महादेवको मन्दिर ऐतिहासिक हो । यहाँ सतीदेवीको अंग पतन भएको मानिन्छ ।
झिमरुक र माडी नदी मिसिएको ऐरावतीको दोभानमा स्नान गर्नाले पुण्य कमाइने बैकुण्ठधाम जान सकिने जनविश्वास छ। हिन्दुहरुको धार्मिक ग्रन्थ अनुसार सत्य युगमा इन्द्र ऐरावत नामको हात्तीमा चढेर झिमरुक र माडीको संगम स्थलमा आएकोले त्यस ठाउँको नाम ऐरावती राखिएको विश्वास छ । ऐरावती पर्यटकका लागि जैविक विविधता अध्ययनको गन्तव्य बनेको छ ।
भालुवाङ–प्युठान सडक खण्डको २४ किमिमा पर्ने बडडाँडादेखि ऐरावती करिब १८ किलोमिटरको दुरीमा पर्दछ । बडडाँडादेखि जिपमा १ घन्टाको यात्रामा ऐरावती पुग्न सकिन्छ । भालुवाङ–प्युठान सडकको १२ किमिमा पर्ने दर्भानबाट बागेंसाल –लामाताल–कालीवन हुँदै झिलिवाङसम्म मोटरमा र त्यहाँबाट करिब २ घन्टाको पैदल यात्रामा ऐरावती पुगिन्छ ।
हिजोआज अर्घाखाँची र प्युठान पनि सडक सञ्जाल जोडिएकाले बुटवल तीरबाट सुपादेउराली दर्शन गर्न जाने धार्मिक पर्यटकहरु मोटरबाटै ऐरावती पुग्न सक्छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६ मंगलबार ००:००  ८ : २८ बजे