९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

विवाहको मुखैमा युवती मृत भेटिए पछि…



रुपन्देही । 

रुपन्देहीमा एक यवती मृत अवस्थामा फेला परेकी छन् । बिहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशाको शव गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा उनको शव फेला परेको हो ।

सुख्खा कुलोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निशाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको बताउनुभयो ।

मृतका बाबु महोम्मद हिसाहारका अनुसार सोमबार राति खाना खाएपछि छोरी कोठामा सुत्न गएका थिइन् । राति आमाले हेर्दा कोठामा नदेखेपछि ओजी गर्दा नभेटिएको भन्दै उहाले भन्नुभयो, ‘मंगलबार पनि दिनभर खोज्यौ फेला पारेनौ तर आज यही भेटियो ।’ निशाको बिहे जेठ महिनामा नै हुने तय भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७६ बुधबार ००:००  ५ : २१ बजे