२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

बस दुर्घटना अपडेटः मृतकको संख्या आठ पुग्यो



धादिङ । 

झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ का ४३ वर्षीय राज आचार्य रहेका छन्। आचार्यको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै मृत्यु भएका प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए। दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा घाइते २९ यात्रुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, गजुरी अस्पताल, आदमघाट अस्पताल, गल्छी अस्पताल तथा काठमाडौँको ट्रमा सेन्टर, मेडिसिट अस्पतालमा उपचार भइरहेको छ । ना७ख ४३८७ नं को बस सडक छेउको बारमा ठोक्किएर ६० मिटर तल त्रिशूली नदीमा खसेको हो । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७६ आइतबार ००:००  ११ : ०७ बजे