४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

व्यापारीसँग घुस लिने सशस्त्र प्रहरीका जवान रंगेहात पक्राउ



रुपन्देही ।
व्यापारीसँग लिएको घुस रकमसहित एक सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । आधोगिक सुरक्षा गुल्म रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीलाई सेवाग्राहीसँग लिएको १० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

केसीले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६ सोमबार ००:००  ११ : ३९ बजे