४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

९ नं. मा वडास्तरीय भलिबल प्रतियोगिता



गणेश बेल्बासे संगम, अर्घाखाँची ।
शितगंगा नगरपालिका वडा नं. ९ को आयोजना र प्रगतिशिल युवा क्लबको सह आयोजनामा १ दिने वडास्तरीय भलिवल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
वडाले आयोजना गरेको वडा स्तरीय प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै यस भुगोललाई राष्ट्रिय रुपमा चिनाउन राम्रा खेलाडी उत्पादन गर्नका लागि वडाले खेलकुदको विकास र विस्तारमा विशेष जोड दिने बताउनु भएको छ । स्वस्थ्य जीवन र सामाजिक सद्भावका लागि पनि खेल क्षेत्रको विशेष महत्व रहेको बताउदै यसको विकासमा आफुले विशेष जोड दिने बताउनु हो ।
खेलमा प्रगतिशिल युवा क्लब ठाडाखोलाको ए समुह प्रथम, प्रगतिशिल युवा क्लब ठाडाखोलाको बी समूह द्वितिय र सुन्दर समाज युवा क्लब लामिदमारको समूह तृतिय स्थान हासिल गरेका थिए । जस खेलमा प्रथम हुनेलाई १० हजार, द्वितियलाई ७ हजार र तृतियलाई ५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथीका रुपमा पत्रकार गणेश बेल्बासे संगम, समाजसेवी चुमान सिंह परियार, शिक्षक तिलकराम बन्जाडे, शिक्षक पूर्ण बहादुर केसीरहनु भएको थियो भने अतिथीमा स्थानिय बुद्धिजिवी लगाएतका व्यक्तिहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रम वडा नं.९ का वडा सदस्य खुम बहादुर लुईचेको अध्यक्षता अनित सारुको संचालनमा सम्पन्न भएको थियो । बिहान ८ बजे देखि चलेको उक्त खेलमा ६ टिमले सहभागी जनाएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ७ : २२ बजे