२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नरभक्षी बाघ नियन्त्रणमा



चितवन ।
चितवन राष्ट्रिय निकुञ्जले शनिबार दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ नेपाली सेनाका पियूठलाई आक्रमण गरेको अन्दाजी नौ वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सो बाघलाई नियन्त्रणमा लिई घडीयाल प्रजनन् केन्द्रको आडमा रहेको काठको खोरमा राखिएको छ । बाघले कार्यक्षेत्रमा रहेका वटुकदल गणका पियूठ फैजाराज बिकलाई आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट बिक गम्भीर घाइते भएका छन् । घाइते बिकलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
बाघले बिकलाई निकुञ्जको मुख्य कार्यालयबाट करिब १५० मिटर टाढा आक्रमण गरेको थियो । खोरमा राखिएको बाघको गतिविधि हेर्नका लागि सिसी क्यामरा जडान गरिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ७ : ५६ बजे