१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्ष पूरा, हत्यारा अझै पत्ता लागेन



काठमाडौं ।
नारायणहिटी दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ शुक्रबार राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । नेपालको इतिहासमा यसलाई कहालीलाग्दो घटनाका रूपमा लिइन्छ । नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो ।
घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति मारिएका थिए । यस्तै अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो । कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन पेश गरेको थियो ।

त्यसपछि पनि दरबारसँग सम्बन्धित व्यक्तिहरूले पुस्तक प्रकाशन गरी दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको दाबी गरे पनि धेरै नेपालीले यसलाई विश्वास गरेका छैनन् । वीरेन्द्रको वंशनाश भएपछि राजा भएका ज्ञानेन्द्र शाह भएका थिए । उनी जनआकांक्षाअनुरूप चल्न नसक्दा २०६२/६३ सालको आन्दोलनले मुलुकबाट राजतन्त्र हट्न पुग्यो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ८ : ०७ बजे