दाङ – दाङमा रोकेर राखिएको बस आफै गुडेर सडकबाट खस्दा १० यात्रु घाइते भएका छन् । नारायणघाटबाट महेन्द्रनगरका लागि छुटेको ना ६ ख १२६४ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक शौचको लागि रोकेर राखिएको थियो । सो अवस्थामा एक्कासी गुडेपछि बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १० यात्रु घाइते भएका हुन् । घाइते मध्ये चारजनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङ्गले जानकारी दिएको छ । आइतबार राति करिब सवा १२ बजे रिहार नजिकै जंगलमा बस रोकिएको थियो । सामान्य घाइते भएका यात्रुहरुको लमहीमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको छ ।
गम्भीर घाइते हुनेमा टिकापुर ८ बस्ने वर्ष ६५ का भागीराम डगौरा, उनकी श्रीमती वर्ष ६० का बेज्या चौधरी, कैलाली लम्किचुहा ६ बस्ने वर्ष ३५ का कृष्ण भण्डारी र डडेल्धुरा अम्मरगढ़ी २ बस्ने वर्ष ५० का गोपा सार्की रहेका छन् ।






प्रतिक्रिया