८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

हावाहुरीका कारण अर्घाखाँची र नवलपरासीमा सय बढी घरमा क्षति, एक जनाको मृत्यु



मायादेवी अनलाइन, कपिलवस्तु ।
आइतबार साझ आएको हावाहुरीले बिभिन्न स्थानमा जनधनको क्षति भएको छ । हावाहुरीका कारण अर्घाखाँची र नवलपरासीका सय बढी घरमा क्षती पुगेको छ भने एक जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
हावाहुरीले उडाएको घरको जस्तापाताले लागेर नवलपरासीमा विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु हो । इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहका अनुसार हावाहुरीले उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएका छन् । विनयी त्रिवेणीका वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुर्याएको प्रहरी नायब निरीक्षक शाहले बताउनु भयो । हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।
हावाहुरीका कारण अर्घाखाँचीमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । आइतबार राति आएको हावाहुरीले जिल्लाका ६ वटै स्थानीय तहका दुई दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। हावाहुरीले छत्रदेव गाउँपालिकामा मात्र एक दर्जनभन्दा बढी घरको छानो उडाएको छ।
सोमबार बिहानैदेखि क्षति पुगेको ठाउँमा प्रहरीको टोली खटिएको छ। घटनाको पूरा विवरण आउन बाँकी रहेको छ। हावाहुरीले अधिकांश घरको छानो उडाएको जनाइएको छ। यस्तै, हावाहुरीले पोल ढलेकाले विद्युत सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवा पनि अवरुद्ध भएकाले क्षतिबारे थप जानकारी दिन समस्या भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  ८ : ४५ बजे