६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मधेसी नेताले जनतामाझ गद्धार गरे : निसार (भिडियो)



कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ चर्चित जनप्रतिनिधि हुनुहुन्छ । गाउँपालिकामा निर्वाचित भएपछि गाडी किन्ने पैसाले एम्बुलेन्स किनेर जनतालाई निसारले सेवा दिनुभयो । आफु मोटरसाइकलमा कुद्नुभयो । विलासिलताको जीवनयापन व्यथित गर्न चाहनुभएन ।
गाउँपालिकामा अध्यक्ष नहुनु पूर्व निसार मधेस केन्द्रित दलबाट राजनीति गर्नुहुन्थ्यो । तत्कालिन सद्भावना पार्टीबाट राजनीतिमा सक्रिय उहाँ पछिल्लो समय राजपामा सक्रिय हुनुहुन्थ्यो । पछि राजपाले स्थानीय तहको चुनाव बहिस्कार गर्ने निती अवलम्वन गरेपछि रुष्ट बन्नुभएका उहाँ सुद्धोधन गाउँपालिकामा स्वतन्त्र उम्मेद्वार बन्नुभयो । स्वतन्त्र रुपमै चुनाव पनि जित्नुभयो । अहिले कुनै पार्टीमा संलग्न नभएका उहाँ ५ बर्ष सम्म कुनै पार्टीमा नजाने अडान लिदै आउनुभएको छ ।
यिनै मधेसका पाका र पुराना नेता संग कार्यक्रम स्थानीय विकासका लागि लिइएको अन्र्तवार्ता हेर्नुहोस ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६ मंगलबार ००:००  ९ : ०५ बजे