८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अस्थायी पुल बनाउँदै गर्दा चट्याङ लागेर मृत्यु



विराटनगर ।
मोरङ जिल्लाको रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउँदै गर्दा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ मलाहाका २३ वर्षीय जुगेर मियाँको चट्याङ लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउने क्रममा उनलाई अचानक चट्याङ लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार मियाँको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मंगलबार राति मृत्यु भएको हो ।

सो खोलामा वर्षायाममा पानीको भेल बढेर बाढी आउने र पुल नहुँदा आवतजावतमा कठिनाइ हुने गरेको छ। जसको अस्थायी विकल्पका रुपमा मला टोलका स्थानीय बासिन्दाले खोलामा बाँसको अस्थायी पुल बनाउने गरेका छन्।

खोला नघटुन्जेलसम्म स्थानीय बासिन्दाले खोला वारपार गर्न अस्थायी बाँसको पुल बनाएर प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०७६ बुधबार ००:००  १२ : १५ बजे