काठमाडौं ।
आज (शनिबार) केही जिल्लामा बाढी तथा पहिरोको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज प्रदेश १ र ३ का पहाडी जिल्लाहरूमा वर्षा हुँदा बाढी तथा पहिरो जाने सम्भावना छ।
आज राति खासगरी तेह्रथुम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा र काठमाडौं आसपास का जिल्लाहरूमा वर्षा भइराख्दा ससाना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा बाढी तथा पहिरो जाने सम्भावना रहेकाले होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
ठूला नदीनालाहरूमा भने आगामी ३ दिनसम्म ठूलो बाढीको जोखिम नरहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ।






प्रतिक्रिया