६ असार २०८३, शनिबार | Sun Jun 21 2026

दाङमा जीप दुर्घटनाबाट एकजनाको मृत्यु



दाङ ।
जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दंगीशरणबाट तुलसीपुर आउँदै गरेको रा१ज ४३६ नम्बरको जिप दंगीशरण ७ श्रीगाउँनजिक शनिबार बिहान साढे ८ बजेतिर दुर्घटना हुँदा जिप चालक सोही ठाउँका डिल्ली बहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
जिप अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते ओलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  १ : २७ बजे