२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सन्तानलाई गरेजस्तै माया बोटबिरुवालाई पनि गरौंः प्रधानमन्त्री ओली



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तानसरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन्। वृक्षारोपण दिवसको अवसरमा शनिबार कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको विरुवा रोपेका हुन्। सरकारले यस वर्षदेखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रूपमा मनाउने भएको छ। प्रधानमन्त्री ओलीले वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीको भनाइ छ। ’यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो’ प्रधानमन्त्री ओलीले भने, ’हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए।
त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यबहारबाटै थाहा पाएर उनीहरुले विरुवाको संरक्षण गर्थे। हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्दछ।’ प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रहरुम वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनु पर्ने बताए। यस वर्ष न्यूनतम ३ करोड र बढीमा ५ करोड वटा विरुवा रोप्ने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  १ : ४४ बजे