३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

फलफुलका बिरुवा रोपेर मन्त्री गिरीबाट प्रदेश ५ मा बृक्षारोपण अभियानको शुभारम्भ



बुटवल ।
हरेक वर्ष असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने संघीय सरकारको निर्णय अनुसार आज देशभर वृक्षारोपण गरी यो दिवश मनाइदै छ ।यो संगै सरकारले आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौको कोटेश्वर कलंकी सडकखण्डमा नासपातीको बिरुवा रोपेर अभियान शुभारम्भ गर्नु भएको छ ।
यसैबिच
जननेता मदन भण्डारीको जन्मदिन र बृक्षारोपण दिवसका अवसरमा प्रदेश ५ मा बृक्षारोपणको अभियान पाल्पाबाट सुरु गरीएको छ ।
प्रदेश सरकारले एक हजार फलफुल सहित १२ हजार जडिबुटीका बिरुवा रोप्ने लक्ष्य यस वष लिएको छ ।
प्रदेश ५ का उद्योग पयटन वन तथा वातावरणमन्त्री लिला गिरीले ससस्त्र प्रहरी बलको पाल्पा गुल्ममा आज फलफुलका बिरुवा रोप्दै बृक्षारोपण अभियानको शुभारम्भ गर्नु भयो । प्रदेश सभा सदस्य नारायण आचार्य ,तुलाराम घर्ती मगर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कायालयका सचिव बसन्त अधिकारी सचिव प्रदेशका बिभिन्न मन्त्रालयका सचिवहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको बृक्षारोपणमा सहभागिता रहेको थियो ।
त्यसअवसरमा बोल्दै मन्त्री गिरीले वन वातावरणको संरक्षण गर्न सरकारले बृक्षारोपणलाई अभियानका रुपमा अघि सारेको बताउदै प्रत्येक नागरीकले खालीजग्गामा फलफुल र जडिबुटीका बिरुवा लगाई वातावरण संरक्षणमा सहयोग पुर्याउन र आर्थिक लाभ लिन आग्रह गर्नु भयो ।
प्रदेश ५ को सरकारले लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य हर्बल बिरुवा रोप्ने निर्णय गरेको समेत उहाले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  १ : ५८ बजे