१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

मुखमा घाउ आएको छ ? सावधानी अपनाउनुहोस्, 



काठमाण्डौ ।

अहिले गर्मीको मौसम छ । त्यसैले पनि मानिसको शरीरमा विभिन्न संक्रमणहरु हुने गर्दछन् । त्यहीमध्येको एक मुखमा हुने संक्रमण अर्थात घाउ हो ।

मुखको वरिपरी आउने यस्ता साना विमिरा जस्ता घाउ सामान्य जस्तो देखिएपनि धेरै पीडा दिने हुन्छन । यस्ता घाउको समस्याले सताएको छ भने त्यसबाट मुक्ति पाउन अपनाउनुपर्ने उपाय पढ्नुहोस् ।

– यस्तो घाउ शरीरमा भिटामिन बी कम्प्लेक्सको मात्रा कम हुँदा आउने गर्छ । त्यसैले भिटामिन बी कम्प्लेक्स भएका परिकार खानपानमा ध्यान दिनुहोस् ।

– मुखको सरसफाइमा पनि उचित ध्यान दिनुहोस । खानेकुरा खाएपछि मुख कुल्ला गर्नुपर्छ ।

– यस्ता घाउ प्रायस् ७ दिनमा निको हुने प्रकृतिका हुन्छन् । बढी जसो जथाभावी खाना खाँदा आउने भएकाले खानामा नियन्त्रण गर्न जरुरी छ ।

– मुखमा घाउ छ भने त्यस्तो अवास्थ्य चिल्लो र पिरो खान कम गर्नुपर्छ ।

– घाउ भएमा पानी तथा झोलीय पदार्थ बढी मात्रामा पिउनुपर्छ ।

– दिनहुँ जसो मनतातो नुनपानीले बारम्बार कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।

मुखमा घाउ भएको ठाउँमा मह लपक्कसँग लगाउने जसले गर्दा उक्त घाउमा राहत मिल्दछ ।

नियमित रूपमा बदाम भिजाएर खाने गर्नुपर्छ।

– मुखमा घाउ आएको बेला हरियो सागपात तथा फलफुलहरू मजाले चपाएर खानुपर्दछ ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  २ : १८ बजे