२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कृष्णनगर खुल्ला दिसा मुक्त अभियानमा, वडा नं. १० पनि भयो खुल्ला दिसा मुक्त



मनिष गुप्ता, कपिलवस्तु ।
पछिल्लो समय कृष्णनगर नगरपालिकाका वडाहरु धमाधम खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका छन् । यसैक्रममा शनिबार वडा नम्बर १० लाई पनि एक कार्यक्रमका बीच खुल्ला दिसा मुक्त क्षेत्र वडा घोषणा गरिएको छ । ‘बकौलीवासीको शान अबको पालो पूर्ण सरसफाई अभियान’ भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिका वडा नं. १० लाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो ।
साविकको बिद्यानगर गाबिस र अहिलेको कृष्णनगर नगरपालिका वडा नं. १० मा जम्मा घरधुरी ६ सय ६४ मध्ये गाबिस हुँदा बनेको चर्पी संख्या २ सय १६, युनिसेफको कर्याक्रम लागु भएपछि ३ सय ६३ र ८५ घरधुरीमा चर्पी निर्माणधिन अवस्थामा रहेको वडा नं. १० का वडासचिव राम किशोेर नाउँले प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा बोल्लै नगर प्रमुख रजत प्रताप शाहले अब अन्य बाँकी रहेका वडालाई पनि खुल्ला दिसा मुक्त बनाई सिंगो नगरलाई नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने बताउनुभयो । उहाँले प्रदेश नम्बर ५ मा कपिलवस्तु जिल्ला नै बाँकी रहेको हुनाले आ–आफ्नो घरमा चर्पी बनाई नगर, जिल्ला र प्रदेशलाई नै खुला दिसा मुक्त गराउन सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रम वडा नं. १० का वडाध्यक्ष अब्दुल मोबिनको अध्यक्षता सनि उल्लाह धोबीको संचालनमा भएको हो । कार्यक्रममा वडाध्यक्ष मोबिन खानले वडालाई खुल्ला दिसा मुक्त घोषणा संगै कार्यक्रमको समापन गर्नुभएको थियो । वडा नं. १० खुल्ला दिशा मुक्त घोषणा संगै कृष्णनगर नगरपालिका भित्र ७ वटा वडाहरू खुल्ला दिसा मुक्त घोषणा भई सकेका छन् ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  ४ : ४९ बजे