१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

लक्ष्मणघाट बोलबमधाम विकास समितिको अध्यक्षमा काउचा निर्वाचित



थानेश्वर अधिकारी, कोपवा ।
लक्ष्मणघाट बोलबमधाम विकास समिति बाणगंगा नगरपालिका वार्ड ६ को आज भएको अधिबेशनबाट रनबहादुर काउचा अध्यक्षमा सर्वसम्मत निर्वाचित हुन भएको छ । कपिलवस्तु जिल्लाको धार्मिक तथा ऐतिहासिक तिर्थस्थलका रुपमा परिचित लक्ष्मणघाट बोलबमधामको आज भएको अधिबेशनबाट उपाध्यक्षमा सत्यनारायण थारु, सचिवमा प्रकाश भुसाल ,सह सचिवमा पुरुषोत्तम भुसाल, कोषाध्यक्षमा तुल्सी थापा र सदस्यहरुमा सृजना अधिकारी, गोविन्द पौडेल, बाबुराम बस्नेत, अन्जित खनाल, यम बहादुर के.सी., लक्ष्मी भट्टराई, इन्द्रबहादुर जि.सी., जिवनाथ पाण्डे, मेनुका बेल्वासे र प्रेस सल्लाहकारमा थानेश्वर अधिकारी निर्वाचित हुनु भएको छ । सो कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुकदेव थारुले कपिलवस्तु जिल्लाको शान लक्ष्मणघाट बोलबमधामको संरक्षण र सवद्र्धनमा सबै जना लाग्नु पर्ने कुरामा जोड दिनुभएको छ । उहाँले कपिलवस्तु जिल्लाको पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बोलबमधाममा सम्बन्धित पक्षको ध्यान आकर्षण हुन नसक्दा ओझेलमा परेकाले अव बन्ने नयाँ समितिले सक्रियताका साथ काम गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । कार्यक्रमका सभाध्यक्ष तथा बोलबमधाम विकास समितिका अध्यक्ष तेजेन्द्र बहादुर पाण्डेले आफ्नो कार्यकालमा सो क्षेत्रको विकास गर्न यथेस्ट पहल गरेको साथै यसको भौतिक विकास तथा सुन्दरीकरणको शुरुवात भएकाले अव आउने युवा पुस्ताहरुले सबैको साथ र सहयोग लिएर यसलाई तथारुकताका साथ अगाडी बढाउनु पर्ने कुरामा जोड दिनुभएको छ । सो अधिबेशनमा बेचु थारुको संयोजकत्वमा माधब खनाल, बलराम घिमिरे सदस्य रहेको तिन सदस्सिय निर्वाचन मण्डल गरिएको थियो । सो कार्यक्रममा वडा सदस्य शान्ता पाण्डे, लक्ष्मणघाट सामुदायिक बनका अध्यक्ष हुमनाथ भट्राई, रामप्रसाद न्यौपाने, अभिराम न्यौपाने, दिनेश रञ्जन लगायत आम जन समुदायको उपस्थिति रहेको थियो । प्रत्येक बर्ष श्रावण शुक्ल पुर्णिमा देखी जनैपुर्णिमा सम्म लाग्ने मेलामा नेपाल लगायत भारतका बिभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । यस बर्षको मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न लक्ष्मणघाट बोलबमधाम विकास समितिका अध्यक्ष रनबहादुर काउचाको अध्यक्षतामा ३१ सदस्सिय मुल आयोजक समिति र बिभिन्न उपसमिति समेत गठन गरिएको सचिव प्रकाश भुसालले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  ७ : ०६ बजे