१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

शिवराज नगरपालिकाको आज हुने भनिएको नगर सभा स्थगित



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिकाको आज (आइतबार) हुने भनिएको नगर सभा स्थगित भएको छ । नगरपालिकाले आज बजेट ल्याउने तयारी गरेको थियो । वडा नं. ११ का वडाध्यक्ष रामेश्वर बर्माका बुवाको असामयिक निधनका कारण नगरसभा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो ।

अब नगरसभा आगामी असार १८ गते हुने पनि पौडेलले जानकारी दिनुभयो । असार १० गते पाचौं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार शिवराजले बजेट ल्याउँदै छ ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ७ : ४१ बजे