१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कपिलवस्तु वाणगंगाका सामुदायिक विद्यालय आज बन्द हुने



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगाका सामुदायिक विद्यालय आज एक दिनको लागि बन्द हुने भएका छन् । नेपाल शिक्षक महासंघ वाणगंगा नगर समितिले आज एक दिनको लागि सामुदायिक विद्यालय बन्द आह्वान गरेको हो ।
जनता मावि पिपराका विशेष कक्षा शिक्षक चक्र बहादुर सारुको असमाहिक निधनले आज एक दिनको लागि शोक विदा दिइएको महासंघका नगर अध्यक्ष अर्जुन शाहीले जानकारी दिनुभयो ।
शिक्षक सारुको शनिबार आकस्मात विरामी भएपछि उपचारको क्रममा लैजादै गर्दा बाटोमै निधन भएको थियो । यता शिक्षक सारुको निधन प्रति जनता मावि पिपराले गहिरो दुख व्यक्त गरेको छ ।

प्रधानाध्यापक रमेश पन्थीले एक शोक बक्तव्य निकाल्दै शिक्षक सारुको निधनले विद्यालयलाई अपुरणीय क्षति भएको र यस दुखद घडिमा मृत आत्म प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवाजन प्रति भावपूर्ण समवेदना प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ८ : ०९ बजे