८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सितगंगामा पन्चेबाजाको तालमा रोपाई उत्सव



बिष्णु कुमार आले, अर्घाखाँची ।
आइतबार असार १५ । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ३ साहुटोलामा पञ्चेबाजा सहित रोपाइँ गरियो । नगरपालिकाको कृषि शाखाले आइतबार आयोजना गरेको १६ औं राष्ट्रिय धान दिवसका अवसरमा पञ्चेबाजाको धुनसँगै स्थानीयले असारे गीत गाउँदै रोपाइँ गरेका हुन् । नगर प्रमुख सुर्य प्रसाद अधिकारी र उपमेयर टीका रेश्मी पालैपालो ‘हलि र कोदाले’ बनेर खोक लगाएर हिलो सम्माएका थिए ।
सितगंगा नगर प्रख सुर्य प्रसाद अधिकारी र उपप्रमुख टीका रेश्मीले किसानलाई हौसला प्रदान गरेका थिए । असार १५ गतेलाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउदै आएको १६ बर्ष पुरा भएको दिन औपचारिक रुपमा कुनै दिवस नमनाउँदा पनि किसानले यसै दिनमा दहि चिउरा खाएर असार १५ मनाउने गरेका थिए । यो बर्ष धान खेतीमा प्रबिधी र यान्त्रिकरण चामल आयतमा न्युनिकरण भन्ने मुल नारा सहित सितगंगा ३ साहुटोला निवासी शंकर अर्याल किसानको खेतमा धान रोपेर जनप्रतिनिधीले धान दिवस महोत्सव मनाएका हुन् ।
स्थानीय सरकारको जनताको घरदैलोमा रहेको अनुभुती गराउनका लागी किसानको खेतमै गएर धान दिवस मनाएको जनप्रतिनिधीहरु बताउँछन् । मानो रोपेर मुरी उब्जाउने बेला जिल्लाको बिभन्न स्थानमा पानीकै अभावमा किसानले धान रोप्न नपाएर ब्याडमै धानको बिउ छिप्पीन थालेको छ । किसान भन्छन् जहाँ सिचाईको अभावमा खेतीयोग्य जमिन बाँझो र पटपट फुटेको छ त्यहाँ सिचाईको ब्यवस्था पुराउनु पर्यो ।
जहाँ मल पुगेको छैन त्यहाँ मल पुराउने ब्यवस्था गरेमा मात्र यो बर्षको नाराले भने जस्तै चामल आयातमा न्युनिकरण हुने छ । दिवसको अवसर पारेर फोटो खिच्न मात्र सिचाइ भएको ठाउँमा गएर धान रोप्ने ?
उता किसानले सिचाँईको अभावमा जमिन बाझै राख्ने बाहेक अरु केही नहुने कतिपय बुद्धीजिबी बताउँछन् । रोपाईमा सगरमाथा महिला बचत ऋण सहकारी संस्थाका सदस्यहरु, स्थानीयबासी, संचारकर्मी, सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ९ : ४६ बजे