६ असार २०८३, शनिबार | Sun Jun 21 2026

पौडी खेल्ने क्रममा बबई नदिमा डुबेर एक जनाको मृत्यु



दाङ ।
बबई नदिमा पौडी खेल्न गएका ३ जना मध्ये १ युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका ८ बेलारी स्थित बबई नदीमा पौडी खेल्न गएका घोराही १९ सैघाका २३ बर्षिय शिवराज पुन सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
शिवराजका साथमा घोराही ७ बेलौरीका २२ बर्षिय कमल पुन,रोल्पा रुन्टीगडी गाउँपालिका ५ जसपुरका १७ बर्षिय लिला पुन पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा शिवराज नदीमा डुबेर बेपत्ता भएपछि प्रहरीलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालयवाट प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानियले नदीमा बनेको २० फिट गहिरो रहबाट सोमबार बिहान १० बजे तिर पुनको सव फेला पारेको हो।

प्रकाशित मिति : १६ असार २०७६ सोमबार ००:००  ३ : ४९ बजे