२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

लुम्बिनी मेडिकल कलेजमा शिशु चोरी



पाल्पा ।
पाल्पामा अस्पतालबाटै शिशु चोर्ने महिला सीसी टीभीको फुटेजमा देखिएकी छिन् । कुर्ता सुरुवाल लगाएकी, अगाडि शिशु र पछाडि झोला बोकेकी महिलाले शिशु बोकेर अस्पतालबाट बाहिरिएको भिडियो प्रहरीले फेला पारेको छ ।
अस्पतालको सीसी क्यामेरा बिग्रिए पनि अस्पतालगेट निर रहेको एक होटलको सीसीटीभीबाट त्यो भिडियो लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । त्यही भिडियोका आधारमा शिशुको खोजबिन भैरहेको प्रहरीको भनाई छ ।
तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा जन्मिएको केही घण्टामै शिशु गायब भएको थियो । तानसेन नगरपालिका ९ की २२ वर्षीया जमुना रानाले जन्माएको शिशु हराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार बिहान ११ बजे रानाले जन्माएको छोरा दिउँसो ३ बजे तिर हराएको प्रहरीको भनाइ छ ।
जमुनाकी आमा शिशुलाई लिएर क्यान्टिनमा ज्वानोको झोल लिन जाँदा शिशु हराएको हो । जमुनाकी आमाले ज्वानो झोल लिएर फर्किने क्रममा एक अपरिचित महिलाले ‘म ल्याइदिन्छु, तपाईँ हिँड्नुस्’ भन्दै शिशु लिएको र त्यहीँबाट शिशु लिएर भागेको प्रहरीले जनाएको छ ।

unn.prixa.net

प्रकाशित मिति : २८ असार २०७६ शनिबार ००:००  ७ : ०२ बजे