६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

गुल्मीमा साढे एक हजारले मात्र लिए अन्तिम किस्ता



गुल्मी ।
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि गुल्मीमा तेस्रो किस्ता लिनेको संख्या एक हजार ५२३ मात्र रहेको छ। जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गुल्मीका अनुसार कुल लाभग्राही संख्या चार हजार १४४ रहे पनि तीन हजार ९६४ ले मात्र पहिलो किस्ता लिएका छन्।
दोस्रो किस्ता लिनेको संख्या भने दुई हजार ५२४ रहेको छ। पहिलो किस्ता लिइसकेकाले घरको जग राखिसकेपछि दोस्रो किस्ताको दाबी गर्न पाउने प्रावधान रहे पनि एक हजार ५९० लाभग्राहीले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएपछि पुनः सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।
भूकम्पले सबैभन्दा बढी कालीगण्डकी गाउँपालिकामा एक हजार ७० घरहरु पूर्णरुपमा क्षति भएका थिए। उक्त गाउँपालिकामा प्रथम किस्ता लिनेको संख्या एक हजार ३७, दोस्रो किस्ता लिनेको संख्या ८१७ र तेस्रो किस्ता लिनेको संख्या भने ५४१ रहेको छ।

प्रकाशित मिति : ४ श्रावण २०७६ शनिबार ००:००  ८ : २९ बजे