१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

भलवाडमा एक विगाह क्षेत्रफलमा बृक्षारोपण



बाबुराम रायमाझी, जितपुर ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाको स्मृती दिवस र नेपाल कम्युनिष्ट पार्टीका प्रथम महासचिव पुष्पलाल स्मृती दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुको भलवाडमा बृक्षारोपण गरिएको छ ।

स्मृती दिवसको अवसर पारी वाणगंगा नगरपालिकाको वडा नं. ९ मा त्यस क्षेत्रका विभिन्न संघ संस्थाले बृक्षारोपण गरेका हुन् ।

भलवाडको श्रीराम आधारभूत विधालय पडरियामा गरिएको बृक्षारोपण एक सय विगाह क्षेत्रफलमा गरिएको विद्यालयका प्रधानाध्यापक ओमलाल गिरीले जानकारी दिनुभयो ।

सरेपानी सामुदायिक बन उपभोक्ता समितिको आयोजना, वाणगंगा नगरपालिकाको सहयोग र विद्यालयको व्यवस्थापनमा भएको बृक्षारोपणमा सागवन, मसला, अशोक, स्वामी, बाँस, फलफूलमा लगायत विभिन्न प्रजातीका ३ शय बिरुवा रोपिएको गिरीले बताउनुभयो ।

बृक्षारोपणमा वडा अध्यक्ष ध्रुव बेल्वासे, नेकपाका वडा कमिटी अध्यक्ष विन्द बहादुर गुरुङ्ग, वाणगंगा नगर कार्यपालिका सदस्य केशरा गुरुङ्ग, वडा सदस्य भिम बहादुर पुन, बयोबृद्ध ८९ वर्षिय चन्द्र प्रसाद पौडेल, समाजसेवी जंजीर प्रसाद चौधरी, लाल बहादुर खड्का, प्रेम बहादुर घिमिरे, सिद्धबाबा टोल बिकास समितीका अध्यक्ष फूलमाया गुरुङ्ग, पत्रकार बाबुराम रायमाझी लगायतको सहभागीता रहेको थियो ।

वर्षेनी धिरी नदीले जमिन कटान गर्दै आएको उक्त क्षेत्रमा विद्यालयले तारबार गरी वृक्षारोपण गरेपछि नदी नियन्त्रणमा सहयोग पुग्ने तथा विद्यालय परिसर रमणिय हुने विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा पौडेलले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६ सोमबार ००:००  ६ : ३४ बजे