८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पाल्पामा मोटरसाइकल चिप्लिएर १ जनाको मृत्यु



रामपुर ।
पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्टिदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको बुटवल अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खानीबाट श्रीडाँडा घरतर्फ जाने क्रममा लु ४५ प ७८१२ नंको मोटरसाइकल अनियन्त्रित भई कच्ची मोटरबाटोबाट चिप्लिएर करिब २० मिटर तल खसेर घाइते दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६ बिहिबार ००:००  ५ : ३९ बजे