७ असार २०८३, आइतबार | Sun Jun 21 2026

गुल्मीमा भिरबाट लडेर एकको मृत्यु



गुल्मी ।
गुल्मीमा भिरबाट लडेर एकको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिका ७ निवासी ५० वर्षीय गोपाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए। शनिबार पसलमा समान किन्न गएका सुनार बेपत्ता भएका थिए। आइतबार बिहान सोही स्थानकै लाटीगैराको भिरबाट लडेर मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७६ आइतबार ००:००  २ : ३२ बजे